+
+

‘आईएमई पे’ एपबाटै आईईएलटीएस टेस्टको शुल्क तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १७:२९

काठमाडौं । ‘आईएमई पे’ मार्फत आईईएलटीएस टेस्टको शुल्क तिर्न सकिने भएको छ ।

यस सुविधा मार्फत प्रयोगकर्ताले आईएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।

प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स एवान/एटू, बी वानको निम्ती भुक्तानी आईएमई पे एप मार्फत गर्न सक्नेछन् ।

सीमित अवधिका लागि आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट एक हजार रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्नेछ।

‘हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्तालाई आफ्नो उद्देश्यहरू पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?