+
+

प्रियंका र सरोजको मर्मस्पर्शी प्रेमकथामा ‘मनको तिर्सना’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १७:३३

काठमाडौं । समिर खरेल र बेनिशा पौडेलको स्वरमा मर्मस्पर्शी गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । यसअघि चर्चित डान्सिङ गीतमा सहकार्य गरेका प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका छन् ।

साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारिएको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । ओली स्वयमले शब्द रचना गरेको गीतमा दीपक शर्माको संगीत छ ।

उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ । जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन् ।

हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?