+
+

राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते ६:४३
साञ्जेन जलविद्युत् आयोजना

९ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट बिजुली थपिएको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादित १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।

चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएको हो । १०२ मेगावाटको मध्यभोटेकोशी भने सिन्धुपाल्चोकमा निर्माणाधीन छ ।

तीन आयोजनाहरुबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?