+
+

दुर्गा प्रसाईंको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते ११:३४

९ मंसीर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो  ।

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?