+
+

४० लाख बढीको धनमाल चोरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १२:५२

९ मंसिर, काठमाडौँ । प्रहरीले ४० लाख ७९ हजार ८८०  मुल्‍य बराबरको धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरका १९ वर्षीय सौखत अन्सारी रहेका छन् ।

उनको साथबाट प्रहरीले सुनको गरगहना (सिक्री, औठी, हातको बालासमे) रहेको १२.६ तोला तथा २४८ ग्राम चाँदीका गरगहना,  सामसुङ कम्पनीको २ वटा मोबाइल,

क्यानन कम्पनीको ८० डी मोडलको क्यामरा  बरामद गरेको छ । यस्तै ४१५ अमेरिकन डलर, ३५ अष्ट्रेलियन डलर,  ५ युएइ दिराम, २० रुपैयाँ भारू, लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पडाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?