+
+

‘मिस्टर वर्ल्ड’को उपाधि पोर्टो रिकोलाई, नेपाल उत्कृष्ट २० मा पनि अटाएन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १४:०८

काठमाडौं । पोर्टो रिकोका डेनियल मेजिया नयाँ मिस्टर वर्ल्ड घोषित भएका छन् । शनिबार राति भियतनाममा आयोजित पुरुष सौन्दर्य प्रतियोगितातर्फको यो प्रतिष्ठित प्रतिस्पर्धामा पहिलोपटक उक्त मुलुकले उपाधि जितेको हो ।

२७ वर्षीय गायक तथा मोडलले ७० भन्दा बढी पुरुषलाई पछि पार्दै प्रतिष्ठित उपाधि जिते । गत वर्षका विजेता इङ्ल्याण्डका ज्याक हेस्लेउडले नयाँ विजेतालाई ताज लगाइदिए ।

खेलकुदतर्फको विधामा उत्कृष्ट बन्दै उनी उत्कृष्ट २० मा प्रवेश गरेका थिए । उनले ‘ट्यालेन्ट कम्पिटिसन’ पनि जिते ।

नेपाल भने अन्तिम २० को घोषणा हुनुअघि नै प्रतिस्पर्धाबाट बाहिरियो । प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व सन्तोष लेक्समले गरेका थिए ।

यस वर्षका पुरुष र महिलातर्फका सबैजसो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालले निराशा हात पारेको छ । मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स र मिस्टर वर्ल्डमा नेपालले अन्तिम २० मा पनि स्थान बनाउन सकेन । यस वर्षको मिस वर्ल्डको मिति र आयोजनास्थल भने घोषणा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?