+
+

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक पक्राउ

अवैध लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १३:५३

९ मंसिर, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ४७९७ नम्बरको यात्रुबहाक बसबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ९ ग्राम खैरो हेरोइन फेला परेको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?