+

ओमानका जीशान मक्सुदले कर्णाली याक्सबाट खेल्ने

२०८१ मंसिर  ९ गते १८:१३ २०८१ मंसिर ९ गते १८:१३
ओमानका जीशान मक्सुदले कर्णाली याक्सबाट खेल्ने

९ मंसिर, काठमाडौं । ओमानका पूर्वकप्तान तथा सफल अलराउण्डर जीशान मकसुदले कर्णाली याक्सको टिमबाट आगामी एनपीएल खेल्ने भएका छन् । कर्णाली याक्सले आइतबार जीशानलाई अनुबन्ध गरेको जनाएको हो ।

३६ वर्षीय बाँयाहाते ब्याटिङ अलराउण्डर जीशानले सन् २०२१ को टी२० विश्वकपमा ओमानको टिमको कप्तानी गर्दै खेलेका थिए । उनी लामो समय ओमानको कप्तान रहँदा ओमानले धेरै सफलताहरू हासिल गरेको छ ।

उनले ओमानका लागि ७३ टी२०आई खेल्दा १३००भन्दा धेरै रन बनाएका छन् भने ५१ विकेट पनि लिएका छन् । त्यस्तै सबैखाले टी२० मा ८७ खेलमा १७०० भन्दा बढी रन बनाउँदा ६१ विकेट लिएका छन् ।

उनले धेरैपटक ओमानको टिमबाट नेपालमा आएर खेलिसकेका छन् ।

कर्णालीले अनुबन्ध गरेको जीशान पाँचौं विदेशी खेलाडी हो । यसअघि कर्णालीले भारतका शिखर धवन, हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलत र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई अनुबन्ध गरेको थियो ।

कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी छन् ।

कर्णाली याक्स जीशान मकसुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय