+
+

नेपाली बाटो सुहाउँदो ‘ओमोडा–ई ५’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १९:४२

काठमाडौं । नेपाली सडकमा पछिल्लो समय ‘ओमोडा’ ब्रान्डका गाडी बाक्लिँदै गएको छ । नाडा अटो शोमार्फत नेपाली बजार प्रवेश गरेको ‘ओमोडा–ई ५’ नेपाली बजारमा बढ्नुको कारण हो– नेपालको भूगोल सुहाउँदो गाडी ।

ओमोडाका सिनियर सेल्स अफिसर रोशन चन्दका अनुसार भूगोल अनुसार मोटर पावर, ग्राउन्ड क्लियरेन्स र रेन्ज भएकाले आकर्षण बढेको हो ।

ओमोडा ई ५ ले फुल चार्जमा ४ सय ३० किलोमिटर रेन्ज दिन्छ भने १ सय ८० मिलिमिटर (एमएम) ग्राउन्ड क्लियरेन्स छ । यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ । यो गाडीमा ९९ किलो वाटको फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्क निर्माण हुन्छ ।

ओमोडा–ई ५ नेपालमा लक्स र डिलक्स गरी दुई भेरिएन्टमा आउँछ । यो दुईबीच ५–६ वटा फिचर मात्रै फरक छ । सुरक्षाका हिसाबले युरो एन क्यापमा ५ स्टार रेटिङ पाएको छ ।


ओमोडा–ई ५ मा एडास ड्राइभिङ एसिस्टेन्स सुविधा पनि छ, जसले लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज एसिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ एसिस्ट, ट्राफिक जाम एभोइडेन्स एसिस्टेन्ट, ६ थाना एयरब्याग लगायत १८ भन्दा बढी प्रकारका एडास फिचर उपलब्ध छ ।

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवं २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषता यो गाडीमा छ ।

ओमोडा–ई ५ मा २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकर सहित क्रोम डोर ह्यान्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर उपलब्ध छ । ३८० लिटर बुट स्पेस भएको यो गाडीमा डाइनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टि आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने फास्ट चार्जिङ व्यवस्थाले गाडीमा आकर्षण थपेको छ ।

ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका अनुसार ओमोडा–ई ५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एसपीजी अटोमोबाइल्सका सिनियर म्यानेजर निलन बज्राचार्यका अनुसार ओमोडाको गाडीका लागि २० प्रतिशत डाउन पेमेन्ट गर्ने गरी फाइनान्स सुविधा उपलब्ध छ ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?