+
+

सडकमा फोहोर गरेको भन्‍दै ४ जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते २०:०४

९ मंसिर,काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा फोहोर गरेको भन्‍दै ४ जनालाई जरिवाना तिराएको छ । महानगरको प्रहरी टोलीले काठमाडौंको फरक ठाउँको सडकमा फोहोर फ्याक्नेहरूलाई जरिवाना तिराएको हो ।

ममहानगर प्रहरी बलका अनुसार काठमाडौँ महानगरपालिका-९ गौशालाबाट रातो पुल जाने बाटोमा घरको ढल खुल्ला सडकमा फोहोरमैला गरेबापत रिसवराज पाण्डेलाई  २५ हजार जरिवाना गरिएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका-१४ रवि भवन उकालोमा घर निर्माण गर्ने क्रममा सवारी साधनबाट माटो, हिलो खसाली फोहोर गरेबापत गंगा रजकलाई १० हजार जरिवाना र काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरको सडकपेटीमाथि गाडी राखी सजाउँने कार्य गर्दा फोहोरमैला गर्ने सञ्जय कुमार लाई  १० हजार तिराएको छ।

यसैगरी काठमाडौँ महानगरपालिका-२७ भोटाहिटी साझा अगाडि द कोहिनुर बुटिकले सडक पेटीमै फोहोरमैला फालेको भन्‍दै मोहम्मद चन्दालाई १० हजार जरिवाना तिराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?