+

ब्लाइन्ड क्रिकेट टी२० विश्वकपमा नेपालको दोस्रो हार

२०८१ मंसिर  १० गते ०:०५ २०८१ मंसिर १० गते ०:०५
ब्लाइन्ड क्रिकेट टी२० विश्वकपमा नेपालको दोस्रो हार

९ मंसिर, काठमाडौं । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

बंगलादेश विरुद्ध बलिङ र फिल्डिङमा राम्रो गरेपनि ब्याटिङमा भने नेपालले राम्रो गर्न सकेन । १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि  भरत थापाले सर्वाधिक ३१ र नरेश चौधरीले १९ रन जोडे । यस्तै रमेश बानियाँले १४ र पदम बडाइलाले ११ रन जोडे । बंगलादेशका अस्मोत अलीले २ विकेट लिए ।

त्यसअघि बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । बंगलादेशका लागि आरिफ हुसेनले ३१ बल मा ६ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । मोहमम्द सल्मानले ३४ र अबिब हसनले २६ रन जोडे । बलिङमा नेपालका सुनिल मगर, भरत थापा, अमिस गुरागाईँ र दुर्गादत्त पौडेलले समान एक विकेट लिए ।

नेपालले आफ्नो तेस्रो खेल सोमबार अफगानिस्तानसँग खेल्नेछ ।

ब्लाइन्ड क्रिकेट टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय