+
+

प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल पल्टिंदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ९:०८

१० मंसिर, दाङ । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए ।

लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो । उनलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक रोशन विकको अवस्था सामान्य छ । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?