+
+

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १०:२८

१० मंसिर, काठमाडौं । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ ।

राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।

राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसा एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ ।

भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।

राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबार मात्रै सेवा बन्द भएपछि विभागमा सेवाग्राहीले नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?