+

ब्लाइण्ड क्रिकेट टी२० विश्वकपमा नेपालले अफगानिस्तानलाई दियो २२९ रनको लक्ष्य

२०८१ मंसिर  १० गते १३:३७ २०८१ मंसिर १० गते १३:३७
ब्लाइण्ड क्रिकेट टी२० विश्वकपमा नेपालले अफगानिस्तानलाई दियो २२९ रनको लक्ष्य

१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ ।

जारी खेलमा नेपालले अफगानिस्तानलाई २२९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो । नेपालमा पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए ।

नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । आज केही पक्षमा सुधार गर्दै नेपालले जितको अपेक्षा राखेको कप्तान र प्रशिक्षकले जनाएका छन् ।

आजको खेल पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न पनि सकिनेछ ।

नेत्रहीन क्रिकेट विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय