+
+

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ऋण लिनु हुँदैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १४:०२

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन् ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताए ।

‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे ।

प्रधानमन्त्री ओलीले आज चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग आयोजना गरेको छलफलमा देउवा सहभागी थिएनन् । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधाम गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?