+
+

सौगात मल्ल स्टारर ‘बम बहादुर’को टिजर सार्वजनिक, प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १५:४८

काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक भएको छ । टिजरमा पुस ५ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएको छ ।

सो मितिमा फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने जनाइएको छ । सन्देशमूलक र ऐतिहासिक कथावस्तुको यो फिल्मले भारतको दार्जिलिङ पहाड र डुअर्समा बसोबास गर्ने नेपाली भाषी समुदायको संघर्षलाई चित्रण गर्छ ।

सन् १९८० को दशकमा भएका घटनामा कथावस्तु आधारित रहेको जनाइएको छ । निर्देशक जोन राईले यो फिल्मलाई डिजिटल दस्तावेजको रुपमा उल्लेख गरे । फिल्ममा रहस्य, कौतुहलता, प्रेम र सामाजिक कथावस्तु उल्लेख रहेको उनको भनाइ छ ।

निर्माता सञ्जीव सार्कीले सन्ततिलाई इतिहास सम्झाउने उद्देश्यले फिल्म निर्माण गरेको बताए । बिष्ट ब्रदर्स फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?