+

नेपाल आइपुगे विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन

२०८१ मंसिर  १० गते १७:१२ २०८१ मंसिर १० गते १७:१२
नेपाल आइपुगे विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किंग्सका मुख्य प्रशिक्षक केभिन ओ’ब्रायन नेपाल आइपुगेका छन् ।

उनलाई विराटनगर किंग्सका सहमालिक वेंकटेस मुन्द्राले सोमबार काठमाडौंमा स्वागत गरेका छन् । ओ’ब्रायन सोमबारै टिमसँग सामेल हुन विराटनगर पुगिसकेका छन् ।

आयरल्याण्डका केभिन ओ’ब्रायनले यसअघि नेपालमा एभरेस्ट प्रिमियर लिग (इपीएल) खेलेका थिए । उनी पहिलो पटक फ्रेन्चाइज टिमको प्रशिक्षक बनेर नेपाल आएका हुन् ।

उनले प्रशिक्षण गर्ने विराटनगरको टिममा सन्दीप लामिछाने मार्की खेलाडी छन् । विराटनगरले ज्वाला क्रिकेट मैदानमा प्रशिक्षक गरिरहेको छ । केही दिनपछि विराटनगर टोली काठमाडौं आइपुग्नेछ ।

एनपीएलको उद्घाटन खेलमा विराटनगरले आउने शनिवार जनकपुर बोल्ट्ससँग खेल्नेछ ।

केभिन ओब्रायन विराटनगर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय