+

सुदूरपश्चिमका मेन्टर ब्राड हज नेपाल आइपुगे

२०८१ मंसिर  १० गते १७:२८ २०८१ मंसिर १० गते १७:२८
सुदूरपश्चिमका मेन्टर ब्राड हज नेपाल आइपुगे

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोएल्सका मेन्टर अष्ट्रेलियाका ब्राड हज नेपाल आइपुगेका छन् ।

सन् २००७ मा अष्ट्रेलियाबाट वानडे वर्ल्ड कप जितेका हजलाई सोमबार सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोएल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गते देखि एनपीएल सुरु हुनेछ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेल मंसिर १८ गते मंगलबार विराटनगरसँग खेल्ने छ ।

ब्राड हज सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय