+
+

वितरकले हलसँग अव्यावहारिक एमजी मागेको भन्दै चलचित्र संघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १०:५०

काठमाडौं । केही वितरकले काठमाडौं उपत्यका बाहिरका सिनेमा हलबाट अव्यावहारिक मिनिमम ग्यारेन्टी (एमजी) र फिक्स माग गरेको भन्दै प्रदर्शकको छाता संस्था चलचित्र संघले आपत्ति जनाएको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य नरोकिए कदम चाल्ने चेतावनी दिएको छ । फिल्मले जति व्यापार गर्छ, सोही अनुपातमा लेनदेन गर्नुपर्ने व्यापारको मूल्यमान्यता र सर्वमान्य सिद्धान्त भएको संस्थाले उल्लेख गरेको छ ।

प्रदर्शकबाट वितरकले अव्यावहारिक एमजी मागेको गुनासो संस्थामा आएकाले गुनासो आएका वितरकलाई बोलाएर छलफल गराउने तयारी संस्थाको छ । ‘अन्यथा नेपाल चलचित्र संघले चाल्ने कदमको उत्तरदायी स्वयं वितरक संस्था हुने व्यहोरा जानकारी गराउँछौं’ महासचिव सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन सरकारले करमा समेत अव्यावहारिक एमजीको व्यवस्था गर्दा अदालतले समेत त्यसलाई खारेज गरेको नजीर पनि संघले उल्लेख गरेको छ । ‘विशेषगरी मोफसलका हलबाट यसबारेका गुनासो धेरै आएको छ । हामी सम्बन्धित वितरकलाई बोलाएर स्पष्टीकरण सोध्छौं’ प्रवक्ता समेत रहेका थापाले भने, ‘यस्ता गैरकानुनी कार्य रोक्न हामी प्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?