+
+

कैलालीमा ६ ग्राम खैरो हेरोईनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १८:५०

१० मंसिर, धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–५ का ३५ वर्षीय काशिराम खड्का र धनगढी–१० बस्ने २५ वर्षीय कमल बन्जरा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट ६ ग्राम ४६० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?