+

बिली जिन किङ कपमा नेपालले कतारलाई हरायो

२०८१ मंसिर  १० गते १८:५९ २०८१ मंसिर १० गते १८:५९
बिली जिन किङ कपमा नेपालले कतारलाई हरायो

१० मंसिर, काठमाडौं । नेपाली टेनिस टोलीले बिली जिन किङ कप (एसिया/ओसिएना) मा सोमबार विजयी सुरुआत गरेको छ ।

नेपालले पहिलो वरीयता प्राप्त कतारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य समेत रहेका टोली व्यवस्थापक अजय विष्टले जनाएका छन् । नेपालले मंगलबार दोश्रो वरीयता प्राप्त गुआमसंग खेल्ने छ ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालबाट अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धर सहभागी छन् । सन्तोष खत्री प्रशिक्षकको जिम्मेवारीमा छन् ।

बिली जिन किङ कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय