+

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजनल‌‌ पासमा छुट

२०८१ मंसिर  १० गते २०:१३ २०८१ मंसिर १० गते २०:१३
एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजनल‌‌ पासमा छुट

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ ।

क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ ।

प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०‌रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय