+

चोटका कारण चितवनका डे लाङले एनपीएल गुमाउने

२०८१ मंसिर  १० गते २१:३४ २०८१ मंसिर १० गते २१:३४
चोटका कारण चितवनका डे लाङले एनपीएल गुमाउने

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजका लागि अनुबन्धित दक्षिण अफ्रिकी खेलाडी मर्चेन्ट डे लाङले प्रतियोगिता नखेल्ने भएका छन् ।

चितवन टोलीका अनुसार दक्षिण अफ्रिकी बलर डे लाङलाई प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि नेपाल नआउने भएका हुन्।

उनी अब चोटमुक्त भएर फिट हुन ३ देखि ४ हप्तासम्म लाग्ने बताइएको छ। चितवनले उनको स्थानमा नयाँ खेलाडी ल्याउने पनि जनाएको छ।

चितवनले मर्चेन्टजस्तै पेस बलिङ विकल्प खोज्ने छ ।

चितवनका अन्य खेलाडीमा इंग्ल्याण्डका रवि बोपारा र लुक बेनकेन्सटाइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लफ्टी इटन छन् ।

टिमको मार्की खेलाडीमा कुशल मल्ल छन् भने उनीसँग नेपाली टोलीका भेट्रान खेलाडी शरद भेषावकर पनि छन् ।

एनपीएल आगामी शनिबारदेखि सुरू हुँदै छ ।

मर्चेन्ट डी ल्याङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय