+
+

हाइड्रोपावरमा सबैभन्दा महँगो कम्पनी कुथेली बुखरीको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १०:१९

११ मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ ।

सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २,५३९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?