+

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

२०८१ मंसिर  ११ गते १३:५८ २०८१ मंसिर ११ गते १३:५८
रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

पिसाबथैलीको क्यान्सर एक जटिल प्रकारको क्यान्सर हो, जुन मूत्राशयको कोषिकाहरूमा सुरु हुन्छ । मूत्राशय भनेको तल्लो पेटमा रहेको खोक्रो मांसपेशी अंग हो जसले पिसाब भण्डार गर्छ ।

पिसाबथैलीको क्यान्सर मूत्राशयको भित्री भागमा युरोथेलियल नामक कोषिकाहरुमा सुरु हुन्छ । युरोथेलियल कोषिकाहरू मिर्गौला र त्यसलाई म जोड्ने नली (युरेटरहरू)मा पनि पाइन्छ । युरोथेलियल क्यान्सर मिर्गौला र मूत्रनलीमा पनि हुनसक्छ । तुलनात्मक रुपमा मूत्राशयमा यो क्यान्सर साझा रुपमा देखिन्छ ।

अधिकांश पिसाबथैलीको क्यान्सर प्रारम्भिक चरणमा पहिचान हुन्छ । सुरुमै पत्ता लागे उपचार पनि सम्भव हुन्छ । प्रारम्भिक चरणमा पिसाबथैलीको क्यान्सर सफल उपचार भए पनि रोग पुन: फर्किन सक्छ । जसकारण पिसाबथैलीको क्यान्सर भएकालाई उपचारपछि वर्षौंसम्म फलोअपमा बोलाइन्छ ।

के कस्ता लक्षण देखिन्छ ?

पिसाबमा रगत देखापर्ने, चम्किलो रातो वा गाढा रङको देखिन सक्छ । क्यान्सर भए पनि कहिलेकाहीं पिसाब सामान्य देखिन पनि सक्छ । बारम्बार पिसाब लाग्नु, पिसाब फेर्दा दुख्ने, पोल्ने, ढाड दुख्ने, खाना नरुच्ने र तौल कम हुने जस्ता लक्षण देखिन सक्छ ।

के कारण हुन्छ पिसाबथैली क्यान्सर ?

कुनै कारणवश कोषिकाहरूको डीएनएमा परिवर्तनले (म्युटेसन) पिसाबथैलीको क्यान्सर सुरु हुन्छ । असामान्य कोषिकाहरूले ट्युमर बनाउँछन् जसले शरीरको सामान्य तन्तुलाई आक्रमण गरी नष्ट गर्छ । बिस्तारै असामान्य कोषिकाहरू फुटेर शरीरमा फैलिन (मेटास्टेसाइज) थाल्छन् ।

पिसाबथैली क्यान्सरको प्रकार

युरोथेलियल कार्सिनोमा

युरोथेलियल कार्सिनोमा मूत्राशयको भित्री भागको कोषिकामा हुन्छ । पिसाबथैली भरिएको बेला युरोथेलियल कोषिकाहरू विस्तार हुन्छन् र पिसाबथैली खाली हुँदा संकुचित हुन्छ । यी एउटै कोषिकाहरू मूत्रनली र मूत्रमार्गको भित्री भागमा हुन्छन् । ती ठाउँहरूमा पनि क्यान्सर हुनसक्छ ।

स्कुवामस सेल कार्सिनोमा

स्कुवामस सेल कार्सिनोमा मूत्राशय संक्रमण वा पिसाबथैलीमा पाइप क्याथेटरको लामो समयसम्म प्रयोगले हुनसक्छ । स्कुवामस सेल मूत्राशय क्यान्सर दुर्लभ छ ।

एडेनोकार्सिनोमा

एडेनोकार्सिनोमा कोषिकाहरूमा म्युकस स्रावित ग्रन्थीहरूमा सुरु हुन्छ, जसले मूत्राशयमा बनाउँछन् । मूत्राशयको एडेनोकार्सिनोमा धेरै दुर्लभ छ । केही मूत्राशय क्यान्सरहरूमा एकभन्दा बढी प्रकारका कोषिका समावेश हुन्छन् ।

जोखिम कारक

धुम्रपान : चुरोट पिउनाले पिसाबमा हानिकारक रसायन जम्मा भएर पिसाबथैलीको क्यान्सरको जोखिम बढाउन सक्छ । शरीरले धुवाँमा रहेका रसायनलाई प्रशोधन गर्छ । तीमध्ये केहीलाई पिसाबमा निकाल्छ ।

यी हानिकारक रसायनहरूले पिसाबथैलीको अस्तरलाई क्षति पारी क्यान्सरको जोखिम बढाउन सक्छ ।

बढ्दो उमेर : उमेर बढ्दै जाँदा पिसाब थैलीको क्यान्सरको जोखिम बढ्छ । यद्यपि यो कुनै पनि उमेरमा हुनसक्छ । धेरैजसो पिसाबथैलीको क्यान्सर भएको पत्ता लागेका व्यक्तिहरू ५५ वर्ष भन्दा माथिका हुन्छन् ।

पुरुषमा बढी जोखिम : महिलाको तुलनामा पुरुषलाई पिसाबथैलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

रसायन : मिर्गौलाले रक्तप्रवाहबाट हानिकारक तत्व र रसायनहरू फिल्टर गरी पिसाबथैलीमा सार्ने गर्छ । जसकारण केही रसायनहरू वरपर हुनुले पिसाबथैलीको क्यान्सरको जोखिम बढ्छ । मूत्राशयको क्यान्सरको जोखिमसँग जोडिएका रसायनहरूमा आर्सेनिक र रङहरु, रबर, छाला, कपडा र पेन्टहरूमा प्रयोग हुने रसायन छन् ।

क्यान्सर पूर्वको उपचार : एन्टी–क्यान्सर औषधि साइक्लोफोस्फामाइडको उपचारले मूत्राशयको क्यान्सरको जोखिम बढाउँछ । अघिल्लो क्यान्सरका लागि विकिरण उपचार प्राप्त गर्ने व्यक्तिलाई पिसाबथैलीको क्यान्सर हुने उच्च जोखिम हुन्छ ।

पिसाबथैलीमा पटकपटक संक्रमण : पुरानो वा बारम्बार मूत्र संक्रमण वा सुन्निने, जस्तै पिसाब नलीमा पाइपको (क्याथेटर )को लामो समयसम्म प्रयोगले क्यान्सरको जोखिम बढाउन सक्छ ।

विश्वका केही क्षेत्रमा स्कुवामस सेल कार्सिनोमा स्किस्टोसोमियासिस भनिने परजीवी संक्रमणको कारण हुने पुरानो मूत्राशयको सुजनसँग जोडिएको छ ।

व्यक्तिगत वा पारिवारिक इतिहास : यदि मूत्राशयको क्यान्सर छ भने पुनः हुने सम्भावना बढी छ । यदि रगतका नातेदारहरू, आमाबाबु, भाइबहिनी वा बच्चाको मूत्राशयको क्यान्सरको इतिहास छ भने जोखिम हुनसक्छ ।  यद्यपि यो परिवारमा मूत्राशयको क्यान्सर हुने सम्भावना दुर्लभ छ ।

लिन्च सिन्ड्रोमको पारिवारिक इतिहास, जसलाई वंशानुगत ननपोलिपोसिस कोलोरेक्टल क्यान्सर पनि भनिन्छ । यस्तोमा भने मूत्र प्रणाली, आन्द्रा, पाठेघर, अण्डाशय र अन्य अंगहरूमा क्यान्सरको जोखिम बढाउन सक्छ ।

रोकथाम

पिसाबथैलीको क्यान्सर रोक्न कुनै ग्यारेन्टी तरिका छैन । केही प्रयासले केही रोकथाम भने हुनसक्छ ।

– धुम्रपान गर्नुहुन्न भने सुरु नगरेकै राम्रो हुन्छ । धुम्रपान गर्ने बानी भए त्याग्नुपर्छ ।

– कुनै पनि औषधि चलाउँदा सावधान रहने, रसायनहरूसँग काम गर्ने पेशा भए सुरक्षाका साधन अपनाउने ।

– विभिन्न रंगीन फलफूल र तरकारीहरूले भरिपूर्ण खानेकुरा नखाने, फलफूल र तरकारीमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

– पिसाबथैलीमा पटक-पटक संक्रमण भए उपचारमा ढिलाइ नगर्ने ।

क्यान्सर डा. समिम अख्तर पिसाब संक्रमण

धेरै कमेन्ट गरिएका

डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय