
काठमाडौं । हास्य टिभी श्रृंखला ‘गाह्रो छ हो’ ले दोस्रो सिजन ल्याउने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गर्दै सिजनको घोषणा गरियो ।
लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहना अनुसार कलाकारमा हेरफेर गरिएको बताए । कलाकारको लाइनअपमा हेरफेर र परिवर्तन गर्दै दोस्रो सिजनलाई मेकिङमा स्तरीय बनाइएको उल्लेख गरियो ।
कलाकारमा विनोद राई, रेशम बुढाथोकी, कुलबहादुर अधिकारी, दीया जिसी, आशा विश्वकर्मा, देवकुमार महर्जन, बेगम पुन मगर, सुदर्शन खतिवडा, सञ्जीव तामाङ, मोहन लामा छन् । पहिलो सिजनमा देखिएकी अंशु थापा दोस्रो सिजनमा देखिने छैनन् । पहिलो सिजनका केही कलाकार यसमा देखिने छैनन् ।
सोमबारदेखि एपीवान टिभी र भटभटे माइला युट्युब च्यानलमा दोस्रो सिजन आउनेछ । ट्रेलर सार्वजनिक गर्न आयोजित समारोहमा शिवहरि पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईं, मरिचमान श्रेष्ठ, सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापा पनि सहभागी थिए ।
कलाकार बेगम नेपाली ‘मेरी बास्सै’बाट चर्चामा आएका हुन् । उनी उक्त सिरियलमा ‘भटभटे माइला’को रोलमा थिए । त्यसपछि उनी ‘मेरी बास्सै’ सिरियलबाट निस्किएर ‘गाह्रो छ हो’ निर्माणमा जुटेका थिए । यो सिरियलमा सामाजिक कथावस्तुलाई नै समेटिने बेगमले जनाए ।
प्रतिक्रिया 4