+
+

रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १७:४१

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरु पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न आदेश दिएको हो । आदेशको प्रति भने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

निवेदनमा उनले लेखेका छन्, ‘अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्ने गरी न्याय प्रक्रियालाई दुष्चक्रमा पार्ने गरी रास्वपाका सांसद र पार्टीका सदस्यहरु लाग्दा विधायिकाले नै कानूनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध गर्ने काम गर्दै आएका छन् ।’

त्यही निवेदनको प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले प्रमाण र कागजात बुझाउन आदेश दिएको हो ।

रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बाग्मती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा, लगायत रवि लामिछाने बाहेक २० जना सांसदलाई नै विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?