+
+

रसुवामा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १८:०२

११ मंसिर, काठमाडौं । रसुवामा पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार सूचना जारी गरी नेपाल आयल निगमबाहेक खुला रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण गर्न नहुने नियमबारे सचेत गराएको हो ।

अतिप्रज्वलनशील पेट्रोलियम खुला बिक्री गर्दा, ओसारपसार गर्दा, घर, पसल गोदाममा भण्डारण गर्दा आगलागी हुन सक्ने र यसले मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै प्रशासनले पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक लगाएको हो ।

खुला रूपमा बोतल, जर्किन सहित भाँडोबाट पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने काम जोखिमयुक्त, अवैध र दण्डनीय भएको प्रशासनको भनाइ छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?