
११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण क्षमतामा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले बताए ।
लगानी र लगानीकर्ताको सुरक्षा, नयाँ प्रोडक्ट सञ्चालन, बजारको पहुँच विस्तार लगायतका कार्यमा आफूले ध्यान दिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4