+
+

टप १० ब्रोकरमध्ये ८ मार्फत खरिद धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १८:२२

११ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारमा करिब ७ अर्ब ४५ करोडको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत २ अर्ब ५४ करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ३६ करोड रुपैयाँको बिक्री भएको छ ।

टप १० ब्रोकरमध्ये अधिकांशको खरिद बलियो देखिएको छ । ८ कम्पनीमार्फत खरिद धेरै हुँदा बाँकी २ कम्पनीमार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, लिन्च, सनी, आर्यतारा, भिजन, अनलाइन र दक्षिणकालीमार्फत खरिद धेरै भएको छ । त्यस्तै एबीसी र डायनामिकमार्फत बिक्री धेरै भएको छ ।

यस दिन धेरै कारोबार भएका कम्पनीमा नेपाल फाइनान्स, ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, कर्णाली विकास बैंक, जानाकी फाइनान्स, युनाइटेड इदी मर्दी, बेस्ट फाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?