+
+

पोखराको प्राइम सहकारी ठगी प्रकरणका आरोपी श्रेष्ठ कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते २१:४०

११ मंसिर, काठमाडौं । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाका आरोपी शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० बस्ने ५६ वर्षीय श्रेष्ठ यही मंसिर आठ गते पक्राउ परेका थिए ।

उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले ५० लाख धरौटी बुझाउन भनेको थियो ।

सो रकम तिर्न नसकेपछि उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?