+

जनकपुर बोल्ट्सको मुख्य प्रायोजकमा डिएनए ईन्टरनेशनल

२०८१ मंसिर  ११ गते २३:५० २०८१ मंसिर ११ गते २३:५०
जनकपुर बोल्ट्सको मुख्य प्रायोजकमा डिएनए ईन्टरनेशनल

११ मंसिर ,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज टिम जनकपुर बोल्ट्सलाई डीएनए इन्टरनेश्नल नेपालले मुख्य प्रायोजन गरेको छ ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले मंगलबार डिएनए ईन्टरनेशनलसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ ।

जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक तथा हेड अफ अपरेसन निरोज खतिवडा र डीएनए इन्टरनेशनल नेपालका म्यानेजिङ डिरेक्टर अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि भएको बताएपनि रकम भने खुलाईएको छैन ।

रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो । डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो।

सम्झौतापछि जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले डीएनए इन्टरनेश्नल नेपाललाई मुख्य प्रायोजकको रुपमा टिममा स्वागत गर्दै डीएनए इन्टरनेश्नल नेपालको साथले जनकपुरलाई व्यावसीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुग्ने बताए ।’एनपीएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डीएनए इन्टरनेश्नल नेपालले पनि उचाई छुने हामीले विश्वास लिएका छौ ।’

डीएनए इन्टरनेश्नल नेपालका म्यानेजिङ डिरेक्टर अनुप घिमिरेले जनकपुर बोल्ट्ससँग जोडिन पाउनु ठुलो सौभाग्य भएको बताए ‘हाम्रो कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको छ, पछिल्ला केही वर्षमा ठुलो इभेन्टसंग पनि आवद्ध हुदै आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथमा हामीले ठुलो प्लेटफर्म पाएका छौं ।’

यसैगरी कार्यक्रममा मार्की खेलाडी आसिफ शेख र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिमको अफिसियल जर्सी सार्वजनिक गरे । यस्तै डीएनएले एनपीएको उपाधि जितेमा जनकपुरका खेलाडी जनही १ लाख र उपविजेता बनेका ५० हजार दिने पनि घोषणा गरेको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । पुबुदुले फेरि नेपाल आएर एनपीएलमा जोडिदाँ खुशी लागेको र एनपीएलका लागि उत्साहित रहेको बताए ।

जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय