+
+

डा. गोविन्द केसी भन्छन्– आवासीय चिकित्सकको श्रम शोषणले सीमा नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १०:४४

१२ मंसिर, काठमाडौं । डा. गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सीमा नाघेको बताएका छन् ।

अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको उनको भनाइ छ ।

त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गर्न पनि केसीले माग गरेका छन् । उनले आज विज्ञप्ति गारी गर्दै भनेका छन्, ‘निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु ।’

उनले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको समयसापेक्ष तलब सुविधा वृद्धि गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?