+

सोएब मकसुद ‘अनफिट’ हुँदा जनकपुरलाई धक्का, उनको स्थानमा बेन माइक खेल्ने

२०८१ मंसिर  १२ गते ११:०८ २०८१ मंसिर १२ गते ११:०८
सोएब मकसुद ‘अनफिट’ हुँदा जनकपुरलाई धक्का, उनको स्थानमा बेन माइक खेल्ने

१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएल टिम जनकपुर बोल्ट्सलाई प्रतियोगिताअघि धक्का लागेको छ ।

जनकपुरमा अनुबन्धित भएका पाकिस्तानका अनुभवी खेलाडी मकसुदले फिटनेशमा समस्या भएकाले प्रतियोगिता खेल्न नआउने भएको जनकपुर टिम व्यवस्थापनले जनाएको छ ।

उनको स्थानमा टिमले अर्को खेलाडी भित्र्याएको छ । अब उनको प्रतिस्थापनमा टिमले इंग्ल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरेको छ ।

पाकिस्तानका अनुभवी खेलाडी मकसुदले सबैखाले टि२०मा उनले १७० खेलमा ३९०० भन्दा धेरै रन बनाएका छन् । उनले टी२०मा १३० माथिको स्ट्राइक रेटमा खेल्छन् ।

अब उनको स्थानमा बलिङ अलराउण्डर माइकले खेल्ने छन् । माइकले सबैखाले टी२०मा ६७ खेल खेल्दा ५७ विकेट लिएका छन् भने ६०० भन्दा बढी रन पनि बनाएका छन् ।

जनकपुरले प्रतियोगिता उद्घाटनकै दिन आफ्नो पहिलो खेलमा विराटनगरसँग खेल्दै छ ।

जनकपुर बोल्ट्स बेन माइक शोएब मकसुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय