+

चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने

२०८१ मंसिर  १२ गते १३:४३ २०८१ मंसिर १२ गते १३:४३
चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने

१२ मंसिर, काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ ।

चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने छ ।

बस चितवनको चितवन मेडिकल कलेज (सीएमसी)बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ । खेलपछि फर्कने व्यवस्था पनि हुनेछ ।

यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ । खाजाको पनि व्यवस्था गरिने जनाइएको छ ।

चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ ।

चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय