+
+

राष्ट्रपतिले आज ८ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १३:४५
गत वर्ष राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय चलचित्र पुरस्कार ग्रहण गर्दै अभिनेत्री लक्ष्मी गिरी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दैछन् । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको पुरस्कार ८ विधामा वितरण हुनेछ ।

घरेलु फिल्मको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने एकजना फिल्मकर्मीलाई ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिनेछ । रिल बोक्दा ज्यान गुमाउने एकजना व्यक्तिका परिवारलाई ५० हजार राहत दिइनेछ । ११ जना फिल्मकर्मीलाई सम्मान पत्र प्रदान गरिने भएको छ ।

विशेष चलचित्र पुरस्कार जित्ने फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । मुख्य ८ विधामा उत्कृष्ट हुने फिल्म र फिल्मकर्मीले नगद २५ हजार पनि पाउनेछन् । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, आदिवासी फिल्मसहितका ८ विधा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?