१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका फ्यानले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
टिमको जितको कामना गर्दै फ्यानहरूले बुधबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको पोखरा एभेन्जर्सले जनाएको छ ।
त्यसैगरी पोखराका चार विदेशी खेलाडीहरू पनि बुधबार काठमाडौं आइपुगेका छन् । नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन् ।
पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने टी१० लिगमा रहेका कारण केही दिनपछि आउने छन् ।
पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल छन् भने मुख्य प्रशिक्षकमा आइपीएल टिम चेन्नई सुपर किङ्सबाट फिल्डिङ प्रशिक्षक रहिसकेका राजिव कुमार छन् । त्यसैगरी मेन्टरमा फिल्डिङका बादशाह जोन्टी रोड्स रहेका छन् ।
पोखराले आफ्नो पहिलो खेलमा मंसिर १८ गते चितवन राइनोजसँग खेल्ने छ ।
प्रतिक्रिया 4