+

नेपाल रेडक्रसको ब्लड बैंक सेवा अब प्रदर्शनीमार्गबाट

२०८१ मंसिर  १२ गते १६:०४ २०८१ मंसिर १२ गते १६:०४
नेपाल रेडक्रसको ब्लड बैंक सेवा अब प्रदर्शनीमार्गबाट

काठमाडौं । महाभूकम्पले क्षति पुगेपछि स्थानान्तरित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) प्रदर्शनीमार्गमा पुनः सञ्चालनमा आएको छ ।

महाभूकम्पका कारण क्षतिग्रस्त पुरानो संरचनाको सट्टा थाइ रेडक्रसको सहयोगमा निर्मित नयाँ भवनमा रेडक्रस केन्द्रीय कार्यालयको ब्लड बैंक सरेको हो । ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले यो ब्लड बैंक करिब नौ वर्षपछि पुनः प्रदर्शनीमार्गमा फर्किएको बताए ।

‘अब रेडक्रसद्वारा सञ्चालित यो ब्लड बैंक पहिलेको भन्दा अत्याधुनिक भएको छ । केही महिनापछि मेसिन जडान गरी गुणस्तरीय सेवासेवा विस्तार गर्नेछौं’, निर्देशक गुप्ताले अनलाइनखबरसँग भने ।

भूकम्पका कारण ब्लड बैंक पहिले बालकुमारीमा सार्दा सेवाग्राहीहरूले अपायक भएको गुनासो गरेका थिए ।  पछि ताहाचल सार्दा पनि सेवामा कठिनाइ देखियो । तर अहिले प्रदर्शनीमार्गमा आएपछि सेवाग्राहीहरूलाई थप सहज भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले २०२३ सालमा रक्त सञ्चार सेवा सुरु गरेको थियो । सुरुमा वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रूपमा स्थापना गरिएको यो सेवा अहिले देशभर विस्तारित भइसकेको छ ।

काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाका साथै विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदेश स्तरीय रक्तसञ्चार सेवा सञ्चालनमा छ । यसैगरी देशका २४ जिल्लामा जिल्लास्तरीय र ४१ स्थानमा आकस्मिक रक्तसञ्चार सेवा प्रदान भइरहेको छ ।

संस्थाले प्रतियुनिट रक्त सेवा शुल्कलाई ८१० देखि अधिकतम १ हजार ६४० सम्म निर्धारण गरेको छ । प्रदेश र रेडक्रसको सम्झौतामा रक्त सेवा सहुलियत बनाउने काम भएको छ । गण्डकी प्रदेशमा पूर्ण रूपमा निःशुल्क रक्त सेवा सुरु भएको छ भने बागमती र लुम्बिनी प्रदेशका केही सरकारी अस्पतालबाट निःशुल्क सेवा उपलब्ध छ ।

नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

शारीरिक सम्बन्ध राख्दा पिसाब लागेको अनुभव किन हुन्छ ?

शारीरिक सम्बन्ध राख्दा पिसाब लागेको अनुभव किन हुन्छ ?

गर्भावस्थाको आठौं महिनामा के हुन्छ ?

गर्भावस्थाको आठौं महिनामा के हुन्छ ?