+
+

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई बुझायो ९ बुँदे ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १६:०६

१२ मंसिर, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपीजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले एनएफपीजेका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

ध्यानाकर्षण पत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो स्रग्राहलयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन ,समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्त्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?