+

चितवनबाट खेल्न नेपाल आइपुगे बेनकेन्सटाइन र लफ्टी इटन

२०८१ मंसिर  १२ गते १६:२० २०८१ मंसिर १२ गते १६:२०
चितवनबाट खेल्न नेपाल आइपुगे बेनकेन्सटाइन र लफ्टी इटन

१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न चितवन राइनोजका थप दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

बुधबार इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र नामिबियाका जान निकोल लफ्टी इटन नेपाल आइपुगेका हुन् । उनीहरूलाई टिमका एमडी आयुष न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

चितवनका पाँच विदेशी खेलाडीहरूमध्ये अफगानिस्तानका हसन एइसाखिल यसअघि नै आइसकेका थिए भने अब इंग्ल्याण्डका रवि बोपारा र अर्का एक विदेशी आउन बाँकी छ ।

चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ल छन् । टिममा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् ।

चितवनले आफ्नो पहिलो खेलमा मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ ।

एनपीएल चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय