+
+

टेलिकमलाई उछिन्दै विशाल बजार बन्यो सबैभन्दा ठूलो कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १६:५१

१२ मंसिर, काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार कम्पनी सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

विशाल बजार कम्पनीको कुल पूँजीकरण (कुल सेयरको मूल्य) १ खर्ब ९८ अर्ब ४९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि नेपाल टेलिकमको पूँजीकरण १ खर्ब ७७ अर्ब ८५ करोड ८० लाख रुपैयाँ छ ।

सरकारसँग भएको कम्पनीको संस्थापक सेयर बजारमा सूचीकरण भएको छ । ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकृत भएसँगै कम्पनीको आकार सबैभन्दा ठूलो भएको हो ।

बुधबार नै कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो भएपछि अब यस कम्पनीको मूल्यले व्यापार समूहलाई पूर्ण रुपमा प्रभाव पार्नेछ भने समग्र बजारलाई पनि हल्लाउने क्षमता राख्दछ ।

विशाल बजार कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ४ हजार ९५० रुपैयाँ छ । बजारमा कुल ४ करोड १ लाख सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?