+

बक्सिङ टोली थाइल्यान्ड जाने

२०८१ मंसिर  १२ गते १७:२३ २०८१ मंसिर १२ गते १७:२३
बक्सिङ टोली थाइल्यान्ड जाने

१२ मंसिर, काठमाडौं । एसियन इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ–माइ प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट २ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् ।

प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आईटीओ हुन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

सदस्यसचिव घिसिङले आसन्न २० औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेश गर्न निर्देशन दिए ।

एसियन इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय