+

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

२०८१ मंसिर  १३ गते ११:४४ २०८१ मंसिर १३ गते ११:४४
सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । सूचना, मनोरञ्जन, ज्ञान आर्जन र साथीहरूसँग सम्पर्क कायम राख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । तर सामाजिक सञ्जालको सकारात्मक पक्षसँगै यसका नकारात्मक पक्ष पनि उत्तिकै छन् ।

अनलाइन प्लाटफर्महरूमा धेरै समय बिताउनु आँखाको लागि मात्र होइन, मानसिक स्वास्थ्यको लागि पनि धेरै खतरनाक हुनसक्छ । यसको प्रत्यक्ष असर मस्तिष्कमा पर्छ । नेचर ह्युमन बिहेभियरमा प्रकाशित युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरूको टोलीले गरेको अध्ययनले मानसिक स्वास्थ्य र स्मार्टफोन, ल्यापटप र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबीचको सम्बन्ध देखाएको छ ।

यस अध्ययनले कमजोर मानसिक स्वास्थ्य भएका व्यक्ति नकारात्मक अनलाइन सामग्रीप्रति बढी आकर्षित भएको देखाएको छ । यस अध्ययनमा एक हजार भन्दा बढी सहभागीहरूको अनलाइन ब्राउजिङ बानीको जाँच गरिएको थियो । तिनीहरूको खोजी गरिएका वेब पृष्ठहरूको भावनात्मक कोण जाँच गरियो ।  त्यसपछि उनीहरू सबैले आफ्नो वर्तमान मानसिक स्वास्थ्य र अवस्थाबारे खुलेर कुरा गरे । शोधकर्ताहरूले पत्ता लगाए कि कमजोर मानसिक स्वास्थ्यका लक्षणहरू अनुभव गरिरहेका मानिसहरूले नकारात्मक सामग्री प्रायः ब्राउज गरे ।

यी सामग्रीहरू हेरेपछि ती व्यक्तिहरूको मुड बिग्रियो र यसलाई सुधार गर्न उनीहरूले थप नकारात्मक सामग्री खोज्नुपर्ने भयो । यस अध्ययनमा संलग्न प्राध्यापक ताली शारोतले यी नतिजाले नकारात्मक सामग्रीले कसैको मुड बिगार्ने मात्र नभई धेरै मानसिक चुनौती पनि ल्याउने कुरा स्पष्ट पारेको बताएका थिए ।

सामाजिक सञ्जालमा मानिसले कति घण्टा बिताउँछन् ?

विश्वको आठ अर्बभन्दा बढी जनसङ्ख्यामध्ये करिब ५ अर्ब ३ करोड इन्टरनेट प्रयोगकर्ता छन् । चीनमा सबैभन्दा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता छन् तर भारतीयहरूले सबैभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँछन् । भारतमा अधिकांश मानिसहरू भोक, तिर्खा, निद्रा र सम्बन्धलाई बेवास्ता गर्दै सोसल मिडियामा समय बिताउँछन् ।

नकारात्मक सामग्रीले मानसिक स्वास्थ्यमा सर

सामाजिक सञ्जाल नकारात्मक सामग्रीले भरिएको छ, जसले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई प्रत्यक्ष असर गर्छ । अझ निराश र रिसाहा प्रवृत्ति भएका व्यक्तिलाई यस्तो सामाग्रीले झन् धेरै असर गर्छ । कोही व्यक्तिले कुनै नकारात्मक सामग्री आफ्नो व्यक्तिगत जीवनसँग मेल खाएको जस्तो अनुभव गर्छ भने उनीहरूलाई त्यसले भावनात्मक रुपमा झन् धेरै असर गर्न सक्छ ।

सामाजिक सञ्जाल सत्य र गलत जानकारीको भण्डार हो । यस्तो अवस्थामा मस्तिष्कमा धेरै प्रकारका सूचनाहरू भण्डार हुन्छन्, जसमध्ये अधिकांश नकारात्मक र काम नलाग्ने हुन्छ । यसले मस्तिष्कको रचनात्मक भागलाई कब्जा गर्छ र यसलाई निष्क्रिय बनाउँछ । जसले गर्दा मानिसको ध्यान कम हुन्छ । हरेक समय सामाजिक सञ्जालमा हेरिएको सामग्रीले कुनै एक कुराको बारेमा शान्त भएर सोच्ने क्षमता घटाउँछ र दिमाग सधैं अव्यवस्थित रहन्छ ।

सामाजिक सञ्जालकै कारण राति अबेरसम्म फोन चलाउने बानी धेरैको छ । कहिलेकाहीं घण्टौंसम्म रिल्स लगायत अन्य सामग्री हेर्दा निद्रामा बाधा पुग्छ । यसले अनिद्रा सम्बन्धी विकारहरू निम्तिन्छ र यसले विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या पनि निम्त्याउँछ ।

सामाजिक सञ्जालको बढ्दो लत र लगातार त्यहाँ भएका नकारात्मक सामग्रीले डिप्रेसन र एन्जाइटीको समस्या निम्त्याउँछ । भर्चुअल संसारमा बसेर मानिस समाज विरोधी बन्दै जान्छ, जसले मानसिक स्वास्थ्य बिग्रिन्छ ।

सामाजिक सञ्जालमा हुने नकारात्मक सामग्रीले बालबालिकामा झन् धेरै असर गर्छ । सामाजिक सञ्जालमा यदि धुम्रपान वा मद्यपान गरेको फोटो, भिडियो उनीहरूले देखे भने त्यो सिक्न सक्छन् ।

सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने बालबालिकामा व्यवहार परिवर्तन, इन्द्रिय अङ्गले ग्रहण गर्नेभन्दा बढी भाव र व्यवहारको समस्या (सेन्सरी ओभरलोड), ध्यान केन्द्रित हुन नसक्ने समस्या, तनाव एवं कुण्ठाजस्ता गम्भीर भावनात्मक एवं संज्ञानात्मक समस्या निम्ताउँछ ।

सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट कसरी बच्न?

सामाजिक सञ्जालको सीमित प्रयोग गर्नुपर्छ । निश्चित समय मात्र सामाजिक सञ्जाल प्रयोग गरियो भने नकारात्मक सामग्रीबाट बच्न सकिन्छ ।

नकारात्मक वा आत्मसंकोच उत्पन्न गराउने सामग्रीबाट टाढा रहने र सकारात्मक, प्रेरणादायी सामग्रीमा ध्यान केन्द्रित गर्नुपर्छ । वास्तविक जीवनका सम्बन्धलाई बलियो बनाउन, प्रत्यक्ष भेटघाट र संवादलाई प्रोत्साहन गर्नुपर्छ । सामाजिक सञ्जालभन्दा वास्तविक सम्बन्धहरूमा ध्यान दिनु मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

यदि सामाजिक सञ्जालको प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ भने विशेषज्ञहरूबाट मनोवैज्ञानिक परामर्श लिने कुरा महत्त्वपूर्ण हुनसक्छ ।

मानसिक स्वास्थ्य सामाजिक सञ्जाल

धेरै कमेन्ट गरिएका

उप-प्रा. डा. सुमनप्रसाद अधिकारी
लेखक
उप-प्रा. डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?