+
+

परराष्ट्रमन्त्रीले छेङ्दुमा चिनियाँ विदेशमन्त्री भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते २०:४३
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्ता चीनको छेङ्दुमा तय भएको छ । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङसँग शुक्रबार (मंसिर १४) भेटवार्ता गर्ने कार्यक्रम तय भएको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘विदेशमन्त्री यी पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो , ‘परराष्ट्रमन्त्री राणासँग उहाँ (वाङ यी) ले छेङ्दुमै भेटवार्ता गर्नुहुनेछ ।’

उनीहरूबीच छेङ्दुमै दुईपक्षीय भेटवार्ता हुनेछ । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि चीन जान लागेकी हुन् । उनी  प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?