+
+

मन्त्री अधिकारीलाई उन्मुक्ति दिएकोमा माओवादीको आपत्ति

उपनिर्वाचनपछि खबरदारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १९:०३

१२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘यो अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो घोर आपत्ति छ’ प्रवक्ता सापकोटाले भने, ‘मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’

बैठकले स्थानीय तहमा एकैसाथ पालिका सम्मेलन गर्ने कार्यविधि तयार गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गर्न तीन महलेसँगै समग्र सम्पादन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

‘पालिका सम्मेलनको कार्यविधि बनेको छ र त्यो अब तल जान्छ’ उनले भने, ‘पालिका सम्मेलन र खबरदारी सभा सँगै गर्ने निर्णय भएको छ ।’

बीआरआईबारे पहिला नै सम्झौता भइसकेकोले राम्ररी कुरा गरेर त्यसलाई अगाडि बढाउनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए । ‘दुई थरी बसेर पक्षीय कुराकानी गरेर एउटा निष्कर्ष निकालेर अगाडि बढाउनु उपयुक्त हुन्छ । त्यो देशको हितमा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?