+
+

बीआरआईमा सहमति जुटाउन बालुवाटारमा कांग्रेस-एमाले छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते २१:२०
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली कांग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ ।

स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने पक्षमा कांग्रेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?