+
+

घोराही-तुलसीपुर सडक नेपाल सरकार आफैंले बनाउने, करिब ४ अर्ब स्रोत सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ७:२३

१३ मंसिर, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको छ । त्यसको बजेट समेत सुनिश्चित भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो ।

अहिले सो कामका लागि सरकारले करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको हो ।

सरकारले घोराही-तुलसीपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्न भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले २०७५ सालमा ठेक्का पाएको थियो । उसले पेटी ठेकेदार मार्फत् काम गराउँदै आएको थियो । ३० महिनाभित्र काम सम्पन्न गर्ने जिम्मा पाए पनि सन्तोषजनक नभएपछि स्थानीयले सास्ती बेहोर्दै आएका छन् । त्यसपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो ।

तुलसीपुर-घोराही सडक विस्तारको लगानीकर्ता भारतीय एक्जिम बैंकमा गत साउन पहिलो साता नयाँ डीपीआर स्वीकृतिका लागि प्रस्ताव पठाइए पनि जवाफ नआएपछि नेपाल सरकार आफैंले स्रोत सुनिश्चित गरेर चार लेन सडक निर्माणको कामलाई अघि बढाउन थालेको हो ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत विष्णुहरि रेग्मीले तीन अर्ब ९९ करोड ४९ लाखको बहुवर्षीय ठेक्काको स्रोत सुनश्चित भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?