+
+

बोधिचित्तको माला लुटपाट प्रकरण : पक्राउ परे दूधराज तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १२:४०

१३ कात्तिक, काठमाडौं । सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणका आरोपी दूधराज तामाङ पक्राउ परेका छन् । उनलाई गएराति नौ बजे ललितपुरको हरिसिद्धीबाट प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?