+
+

स्वामिकार्तिकमा माओवादीले एकीकृत समाजवादीलाई सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १३:३९
गिरिराजमणि पोखरेल/फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । आफनो उम्मेदवारले एमालेको उम्मेदवारलाई समर्थन गरेपछि बाजुराको स्वामिकार्तिक गाउँपालिकामा नेकपा माओवादीले एकीकृत समाजवादीलाई सघाउने भएको छ ।

माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गरेकी छन् ।

आफ्नो उम्मेदवारले नाम फिर्ता लिएपछि एकीकृत समाजवादीलाई सघाउन सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले पत्राचार गरेका छन् । एकीकृत समाजवादीले जवा शाहीलाई उम्मेदवार बनाएको छ ।

पोखरेलले नाम फिर्ता लिने कार्य पार्टी नीति विपरीत भएको पत्रमा लेखेका छन् । समाजवादी मोर्चालाई बलियो बनाउनका लागि एकीकृत समाजवादीलाई मत हाल्न पोखरेलले निर्देशन दिएका छन् ।

स्वामिकार्तिकमा नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एमालेबाट सुलोचना भण्डारी, एकीकृत समाजवादीबाट जवा शाही, राप्रपाबाट देवी थापा भोटे धामी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?