
१३ मंसिर, काठमाडौं । जियो इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।
सम्मेलनमा ९० भन्दा बढी विषयमा छलफल हुने आयोजक संस्था नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए ।
सम्मेलन उदघाटन गर्दै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मेलन निकै सान्दर्भिक रहेको भन्दै जलवायु परिवर्तनको असर बढिरहेका बेला भौतिक संरचनालाई दिगो बनाइराख्न चुनौती रहेको बताए । यो चुनौतिका बीच आयोजित सम्मेलनबाट सही सुझाव र मार्गदर्शन मिल्ने विश्वास समेत व्यक्त गरे ।
खराब इन्जिनियरिङ डिजाइनका कारणले पनि पीडित हुनुपरेको बताउँदै उनले भने, ‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्वप्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ ।’
प्रतिक्रिया 4